ताजा समाचार

‘मिस युनिभर्स’ जिताउन नग्मा श्रेष्ठले गरिन् भोटको अपील (भोट गर्ने तरिकासहित)

काठमाडौं, ५ मंसिर । नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक ‘मिस युनिभर्स’मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न सबैमा अपील गरेकी छन् । विश्वका विभिन्न मुलुकका ९३ प्रतियोगीसँग ‘मिस युनिभर्स २०१७’ को ताजका लागि प्रतिस्प्रर्धा गरिरहेकी नग्माले विजेता बनाउनका लागि भोटको अपिल गरेकी हुन् ।

नग्मा यतिबेला अमेरिकाको लास भेगासमा छिन् । प्रतियोगीतामा रजिस्ट्रेसन गराएर उनी अहिले आफुलाई विभिन्न राउण्डका लागि तयार गरिरहेकी छन् । उनले आफ्नो यो मिहिनेतलाई सफल पर्न भोट पनि महत्वपुर्ण रहेको बताएकी छन् ।

२० नोभेम्बर देखिनै उनलाई भोट गर्न पाइने छ । आफ्नो जिमेल एकाउन्ट लग इन गरेर एक ब्यक्तिले दिनमा १० भोटसम्म आफुलाई गर्न सक्ने उनले जनाएकी छन् । ट्वीटर मार्फत पनि भोट गर्न पाइने ब्यवस्था गरिएको छ । त्यसको लागि #missuniverse र #Nepal गर्नुपर्छ र यसको रि ट्वीट काउन्ट हुनेछ ।

आफ्नो देशको बिभिन्न कलासंस्कृती झल्कने भेषभुषा सहित मिस युनिभर्समा पुगेकी उनका प्रतियोगीताको ताज नेपाल भित्र्याउने आत्माबिस्वास छ । नग्मालाई भोट गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org