ताजा समाचार

महिला विश्वकप छनोट क्रिकेटमा नेपालले आज चीनसँग खेल्दै

काठमाडौं, १० मंसिर । थाईल्याण्डमा जारी ट्वेन्टी ट्वेन्टी महिला विश्वकप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले चीनसँग खेल्दैछ । समूहका चार खेलबाट ४ अंक मात्रै जोडेको नेपाललाई अर्को चरणमा पुग्न आजको खेल जितेरै मात्रै पनि पुग्नेछैन, समूहका अन्य खेलमा हङकङ र युएई पराजित हुनुपर्नेछ ।

आज हङकङले आयोजक थाईल्याण्डको सामना गर्नेछ भने युएईले मलेसियाको सामना गर्नेछ । समूहका ४ खेलको समाप्तिसम्म ७ अंक जोडेको थाईल्याण्ड शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने तेस्रो स्थानको हङकङको ५ अंक छ । नेपालको ४ अंक मात्रै छ ।

६ टोली सहभागि प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् । नेपालले समूहका सुरुवाती दुई खेलमा वर्षाको कारण अंक बाँड्न बाध्य भएको थियो । तेस्रो खेलमा युएईसँग ५ रनको अप्रत्याससित हार वेहोरेपछि नेपालको यात्रा कठिन बनेको हो ।

चौथो खेलमा मलेसियालाई ३३ रनले हराएपछि प्रतियोगितामा जिवित रहेको नेपालले अन्तिम खेलमा आज चीनसँग खेल्न लागेको हो । यसअघिका दुई वटै संस्करणमा चीन शिर्ष दुई स्थानमा रहँदै ग्लोबल क्वालिफायरसम्म पुगको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org