ताजा समाचार

सेतो बस्त्रमा चुनावी अभियानमा प्रकाश दाहाल पत्नी सिर्जना

पोखरा, १० मंसिर । पतिशोकमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि जेठी बुहारी सिर्जना त्रिपाठी चुनावी सभामा सक्रिय हुन थालेकी छन् । शनिबार वामगठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरामा आयोजित सभामा सिर्जना सेता बस्त्रमा देखिएकी थिईन् । त्रिपाठी एमाले नेतृ सीता गिरीसँगै मञ्चको दोस्रो लहरमा राखिएको सोफामा बसेकी थिइन्।

उनले सेतो पृष्ठभूमिमा नीलो बुट्टा भएको कुर्ता सुरुवाल र सेतो स्वीटर लगाएकी थिइन्।मञ्चमा जानुअघि सिर्जनाले एमाले–माओवादी केन्द्रका स्थानीय नेताहरुसँग कुराकानी गरेकी थिइन्।

त्यसक्रममा उनले पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङसँग पनि कुराकानी गरिन्। गुरुङ राष्ट्रपति विद्या भण्डारीकी मितिनी पनि हुन् । सँगै रहेका माओवादी कार्यकर्ता बिपीन आचार्यका अनुसार सिर्जनाले पोखराको विकास निर्माणबारे चासो राखेकी थिइन्।

त्रिपाठीले सोधेकी थिइन्, ‘पोखराको विकास निर्माणका लागि राम्रैसँग काम गरिरहनु भएको छ नि’ त्रिपाठीले भनेकी थिइन्। आफूसँग भेट भएपछि उपमेयर गुरुङले सिर्जनाप्रति समवेदना प्रकट गरेकी थिइन्। चुनावी अभियानमा शुक्रबारमात्र पोखरा पुगेकी सिर्जना कास्की–३ को चुनाव प्रचार अभियानमा व्यस्त छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org