ताजा समाचार

वामगठबन्धन परिवर्तनकारी शक्ति भएकाले हामीले समर्थन गरेका हौँः सन्तोष बराइली

काठमाडौं, १० मंसिर । गत माघ महिनाको १५ गते भब्य मोटर साइकल र्‍याली निकालेर सिरहाको लाहानमा गठनको घोषणा गरिएको रैथाने एकता परिषद्ले प्रदेश र प्रतिनिधीसभा चुनावको मुखमा वामगठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

तराई मधेशको १६ जिल्लामा सगंठन विस्तार गरेर आफ्नो गतिविधीलाई तिब्र बनाईरहेको परिषद्का सयोंजक सन्तोष बराइलीले वाम गठबन्धन परिवर्तनकारी शक्ति भएकोले प्रदेश र प्रतिनिधी सभाको चुनावमा आफुहरुले वाम गठबन्धनलाई समर्थन गरेको बताएका छन् । एमाले निकट पत्रकारहरुको सगंठन प्रेस  तारी नेपालका केन्द्रिय सदस्य समेत रहेका रैथाने एकता परिषद्का सयोंजक बराइलीसगँ लिईएको अन्तवार्ता :

१. आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनावमा रैथाने एकता परिषद्ले वाम गठबन्धनलाई समर्थन गर्नुको खास कारण के हो ?
रैथाने एकता परिषद् रैथाने नेपालीहरुको पक्षमा नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै जातजाति, धर्म समुदायका नेपालीहरुको एकताको पक्षको रहेको स्पष्ट छ । यसले अंगिकृतहरुले रैथानेहरुको हक अधिकार माथि धावा बोल्न खोज्दा दृढतापूर्वक संघर्ष गरेको पनि सार्वजनिक नै छ ।

यही मंसिर १० र २१ गतेको निर्वाचन रैथाने नेपालीहरुको हक अधिकार स्थापित गर्ने सुवर्ण मौका बनेर आएको छ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीहरुको एकताको पक्षधर बाम गठबन्धनले यो निर्वाचनमा बिजय प्राप्त गरेमा नेपाललाई कब्जा गर्ने अंगिकृतहरुको प्रयास असफल हुनेछ ।

नेपाललाई सँधै अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त हुनेछ, नेपाल समृद्ध बन्नेछ । त्यसैले रैथाने एकता परिषद बाम गठबन्धनलाई समर्थन गरेको हो । र बाम गठबन्धनका उमेदवारलाई बिजय बनाउन परिषद्का सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र आम जनसमुदायलाई हार्दिक आह्वान पनि गर्दछौँ ।

२. रैथाने एकता परिषद गठनको उदेश्य के हो ?
पुस्तौँ देखी बसोबास गर्दै आएका रैथाने नेपालीहरुलाई एकजुट बनाएर नवनागरीकहरुको अन्याय अत्याचार विरुद्ध लड्नका लागि रैथाने एकता परिषद् गठन गरेका हौँ । गएको माघ १५ गते सिराहाको लाहानमा बिशाल मोटर साईकल र्‍याली निकालेर परिषद् घोषणा गर्‍यौ। खासमा यस परिषद्ले नवनागरीकहरुले खोस्दै लगेको राजनीतिक अधिकार खोसेर रैथाने नागरीकहरुलाई दिलाउँछ र यसका लागि रैथाने नागरीकहरुलाई जगरुक बनाएर आन्दोलित गराउँछ ।

३. परिषद्को सांगठनिक सरंचना कस्तो छ ?
हामीले परिषद्को सगंठन केन्द्र प्रदेश हुँदै गाउँ तह सम्मै बनाउँदै लगेका छौँ । हाम्रा भातृ संगठनहरू पनि छन्, अरु पार्टीहरूको भातृ संगठन जस्तै । जस्तो रैथाने महिला परिषद्, रैथाने किसान परिषद्, रैथाने विद्यार्थी परिषद्, रैथाने कर्मचारी परिषद, रैथाने रिक्सावाला परिषद् । सबै क्षेत्रलाई समेट्दै लागेका छौँ ।

४. यो त राजनीतिक दलको जस्तो सांगठनिक सरंचना भएन र ? के परिषद् पनि राजनीतिक दल हो ?
होईन । परिषद् राजनीतिक दल होईन्, समग्र रैथाने नेपालीहरुको क्लव हो रैथाने एकता परिषद् । कोही भ्रममा नपरे हुन्छ । र हामीले लड्ने लडाई भनेको स्वाभिमानको लडाइँ हो । यसले खासमा तराई–मधेसमा रहेका रैथानेहरूको हक अधिकारको कुरा गर्छ । यसले रैथानेको हक अधिकारको मात्र कुरा गर्छ । हाम्रो लडाईको मैदान भनेको जहाँ रैथानेहरू पीडामा छन्, जहाँ रैथानेको हक अधिकार खोसिने क्रम जारी छ त्यहाँ नै हो । रैथानेहरू बाँडिएका छौँ राई, लिम्बु, तामाङ, क्षेत्री, बाहुन, यादव, मुसहर, चमार, मण्डल आदि–आदि सबै विभक्त छन् पार्टीमा अनि धार्मिक मण्डलीमा । अथवा एनजिओ आईएनजिओहरुमा । र, जातिय सगंठनहरुमा पनि हामी अलग्गिएका छौँ । हो तितर वितर भएका उनीहरूलाई एक बनाउने अभियान हो हाम्रो ।

५. भविष्यमा दलको रुपमा आउने तयारी त होईन परिषदको् ?
बाध्य पारियो भने हामी राजनीतिक दलका रुपमा पनि आउँछौँ । रैथानेहरूको कुरै नसुन्ने, राज्यले सधैँ मधेसी मोर्चाका दुई–चार नेताका मात्रै कुरा सुन्ने, मधेशका रैथानेलाई किनारामा पारीरहनु त हुँदैन नि ! राज्यले वास्तविक रैथाने मधेसीको कुरा सुन्नुपर्‍यो । सविंधानसभामा एकजना आए मुसहर समुदायबाट ? एक चोटी असर्फी सदा आएका थिए । त्यसपछिको इतिहास हेरौँ तत्माको त कुरै नगरौँ आउनुपर्ने त उनीहरू हो नि ! मधेशका डोम हल्खोरहरुलाई केन्द्रमा ल्याएर मधेशको समस्या बुझ्नु पर्ने हो नि राज्यले । अनि किन मधेसी मोर्चाका केही टाउकेहरुको मात्र कुरा सुन्छ राज्यले । हाम्रो यहीँनिर आपत्ति हो । वास्तविक रैथानेहरूको कुरा सुनेर सम्बोधन गर्नु पर्‍यो ।

हामी दलका रूपमा अहिले नै दर्ता गर्दैनौँ । यो त आवश्यकताले नै बोध गराउने हो । भोलि आवश्यक पर्‍यो भने कुन ठूलो कुरा हो १० हजारको हस्ताक्षर गराउँछौँ बकाइदा निर्वाचन आयोगमा दर्ता गराएर अहिलेका दलविरुद्ध चुनावमा उठ्छौँ । जब राज्यले सुन्दै सुन्दैन माइनसै गरेर जाने अनि सधैँ दक्षिणबाट आएको मान्छेहरूको कुरा मात्र सुन्ने भयो भने हामी पनि चुप लागेर बस्दैनौँ नि !

६. नवनागरिकको सख्याँ कति पुगेको छ नेपालमा ?
अहिले ठ्याकै तथ्यांक त आइसकेको छैन तर ५० लाख चानचुन नवनागरिक भित्रिएका छन् । हामी चाइनाबाट आएको नवनागरिकको पनि विरोधी हौँ । अरु देश पाकिस्तानबाट पनि आउलान्, भुटानबाट पनि आएका होलान् । हामी सबै नवनागरिकको राजनीतिक गतिविधीको मात्र विरोधी हौँ । हाम्रो क्लियर धारणा के छ भने हामी नवनागरीकहरुलाई राजनीति गर्न दिदैंनौ । भारतबाट आउने, तत्काल नागरिकता लिइहाल्ने अनि राजनीतिमा लागे जस्तो गरेर राज्यसँग सिधैँ बागर्नेङ गर्ने ? नवनागरिकहरू भित्रिने क्रमसँगै तराई मधेशमा रैथाने नागरिकहरूको हक अधिकार गुम्दै जान थाल्यो । अव हामी यसो हुन दिन्नौ ।

७. तपाईले यसो भनिरहँदा तपाँईहरुको आन्दोलन त भारतको विरुद्धमा जस्तो देखियो त ?
हाम्रो निष्कर्ष के हो भने भारतले नेपाललाई अस्थिर बनाउन चाहिरहेको छ । अस्थिर बनाउनका लागि पात्रको रूपमा नवनागरिकलाई भारतले प्रयोग गरिरहेको छ । भन्न त उ हामीलाई तिमीहरुको असल छिमेकी हौँ भन्छ, रोटीवेटीको सम्बन्ध छ भन्छ । तर पछिल्लो समय भारतको नेपालप्रतिको हेपाहा प्रवृती बढ्यो । खुलेआम नेपालभित्र आएर गुगल म्यापमा नेपाल देखिएन भनेर नेपाली भुभागमै आएर एसएसबीले नेपाली मार्ने ? आफ्नो देश हो, विकास निमार्ण त गर्न पाइन्छ नि ! कल्भर्ट निर्माणस्थलमै आएर गोली नै ठोक्ने ? राज्यमौन बस्यो । जवाफ माग्नुपथ्र्यो, माफी मगाउनु पर्ने हो नि ! हामीले त्यहीकारणले मोदीको पुत्ला जलायौँ, नेपालीलाई तिमी किन एट्याक गछौँ ?

यसो हेर्दा तपाँईलाई हाम्रा मुभमेण्टहरु भारत विरोधी जस्तो लागेको हो । तर हामी भारत विरोधी मात्र होईनौ, नेपाललाई हेप्ने सबै बिदेशीहरुको विरुद्धमा हामी आन्दोलित हुनेछौँ । मैले अघिनै भनिसकेँ हाम्रो लडाई भनेको स्वाभिमानको लडाई हो । हामीलाई बिदेशी हस्तक्षेप सह्य छैन । चाहे भारत होस वा अमेरीका अथवा चीन नै किन नहोस् । हाम्रो स्वाभिमानमाथी जसले धावा बोल्न खोज्छ हामी त्यस विरुद्ध लड्छौँ । ईतिहाँस साँक्षी छ, हामीले हारेको ईतिहाँस छैन । ईतिहास दोहोरिन सक्छ, विर बलभद्रहरु अझै ज्यूदै छन् । अम्मर सिहं थापा र कालु पाण्डेहरु मरेका छैनन् ।

८. भने पछि नवनागरीकहरुलाई तपाँईहरु राजनीति गर्न दिनु हुन्न ?
हो हामी उहाँहरुलाई राजनीति गर्न दिदैनौ । हामी नवनागरिकहरूलाई भन्छौँ, आईहाल्नु भो बस्नुस् खानुस्, खेतीपाती गर्नुस्, बिहेबारी गर्नुस्, मर्दापर्दा हामीलाई डाक्नुस्, हामी पनि तपाईंहरूलाई डाक्छौँ । तर, राजनीति चाहिँ हामी गर्छौ । किन कि, यो हाम्रो ठाउँ हो, हाम्रो मातृभूमी हो र हामी यहाँका भूमीपुत्र । हाम्रो देश कस्तो बनाउने भन्ने पहिलो अधिकार हामीलाई हुनुपर्छ, नवनागरीकलाई होईन ।

९. मधेशमा त रैथानेलाई एमालेले त्यसमा पनि केपी ओलीले परिचालन गरेको चर्चा ब्यापक छ नि ?
म कुनै पार्टीको हुन सक्छु, तपाई पनि कुनै पार्टीको हुन सक्नु हुन्छ तर पहिले त हामी रैथाने हौँ । मेरो आस्था होला एमालेसँग, तपाईको कांग्रेसँग होला, कोहीको माओवादी, राप्रपामा वा कुनै दलसगँ निकटता होला तर पहिले त हामी रैथाने हौँ । त्यसैले यो चाहिँ क्लब हो राजनीतिक हिसाबमा नजिक त होइन्छ मत हाल्ने त सबैको अधिकार हो । राष्ट्रियताको विषयमा कतिपय सवाल एमालेसँग मिल्छ हाम्रो । तर, एमालेभन्दा बिलकुलै फरक बिचार र इन्स्ट्रक्चर छ हाम्रो । हामी चाहिँ देशकै लागि लड्ने हो । श्वाभिमानकै लागि लड्ने हो ।

देश टुक्राउने कुराहरू आइरहेको छ हामी त्यो हुन दिने पक्षमा छैनौँ । अब सिके राउतले खुलमखुला लाहानमा आमसभा गरेर देश टुक्राउँछु भन्छ । उपेन्द्र यादव र महन्थ ठाकुरहरु पनि मधेश टुक्रयाएर अलग देश बनाउँछौँ भनेर भाषण गर्छन्, सभा समारोहमा । मधेश तिनका बाउको विर्ता होईन मन लाग्दा टुक्रयाउने । केही अगिंकृत नागरीकहरुलाई बोकेर हिँड्नेहरु देश टुक्रयाउँछौँ भन्छन्, त्यसैले हामीलाई शकां के छ भने मोर्चा नामका टाउकेहरु भारतबाट परिचालित छन् । तर उनीहरुको देश टुक्रयाउने सपना हामी मधेशका रैथानेहरुले कदापी पुरा हुन दिदैनौँ । अझ भारत त क्लियर भए हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org