ताजा समाचार

पुत्रवियोगमा रहेका प्रचण्डलाई चुनावी अभियानमा प्रकाशपुत्र प्रसिद्धको साथ

चितवन, ११ मंसिर । यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी अभियानमा छन् । पुत्रवियोगमा रहेका प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । हृदयघातका कारण मंसिर ३ गते एकमात्र छोरा प्रकाशलाई गुमाएका प्रचण्डलाई यतिबेला प्रकाशका छोरा प्रसिद्धले साथ दिईरहेका छन् । उमेरले करिब ७ वर्ष लागेका प्रसिद्ध प्रकाशकी जेठी श्रीमती सिर्जनाका छोरा हुन् ।

सिर्जना पनि चुनावी प्रचार प्रसारकै लागि कास्कीतिर छिन् । छोरा प्रसिद्धलाई भने सासु सिता र ससुरा प्रचण्डसँगै छोडेकी छन् । सिर्जना पनि राजनीतिमा सक्रिया कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्।

केही दिन पछि सिर्जना पनि चितवनको चुनावी प्रचारमा आउने छिन् । चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा लिएर हिंडिरहेका छन् ।

प्रचण्डको अघिपछि देखिने प्रकाशको ठाउँमा छोरा प्रसिद्ध देखिंँदा प्रचण्डको मुहारमा समेत केही प्रफुल्ल र हसिलो देखिएको छ। प्रकाशकी कान्छी श्रीमती बीना मगर छोरा प्रलवलाई साथमै लगेर चुनावी प्रचार प्रसारमा छिन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी बीनालाई पनि छोरा प्रलवले साथ दिईरहेका छन् । आफ्नो पति प्रकाशको यादलाई बिर्साउने माध्यम बनेका छन्, छोरा प्रलव ।

प्रचण्डको नजरमा प्रसिद्धभित्र प्रकाशको झझल्कोः


प्रचण्डलाई यतिबेला पीडा बिसाउने माध्यम बनेका छन्, प्रकाश पुत्र प्रसिद्ध । छोराको याद बिसाउने साधन बनेका छन्, नाति प्रसिद्ध । उनी एकदमै चकचके तथा चन्चले पनि छन् । प्रचण्डको चुनावी अभियानका क्रममा प्रसिद्धले निकै साथ दिईरहेका छन् । हुनत उनले के नै ठूलो काम गर्न सक्छन् र तरपनि छोराको निधनबाट विक्षिप्त बनेका प्रचण्डलाई प्रसिद्ध मन वहलाउने माध्यम बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org