ताजा समाचार

अब को बन्ला प्रचण्डको स्वकीय सचिव ? यस्तो प्रचण्डको तयारी

काठमाडौं, १२ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिवको जिम्मा कसलाई दिने भन्ने प्रश्न यतिबेला जटिल रुपमा उठेको छ । प्रचण्डको राजनीतिक भविष्यलाई साथ दिने र गोप्यता पनि कायम गर्ने व्यक्तिको खोजी भइरहेको छ । माओवादी केन्द्र स्रोतका अनुसार, स्वकीय सचिवको जिम्मा दिन सकिने एक जना व्यक्तिमा समिर दाहालको नाम आएको छ । तर, दाहाल राजनीतिमा भन्दा पनि व्यापारमा बढी केन्द्रीत भएकाले उनलाई स्वकीय सचिव बनाउने नहुने मत छ ।

त्यसपछि अर्का व्याक्तिमा प्रचण्डका कान्छा ज्वाँई जीवन आचार्यको नाम पनि आएको छ । तर, उनी मोरङबाट प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्दैछन् । जसले गर्दा आचार्य पनि तत्काल स्वकीय सचिवको जिम्मा लिने अवस्थामा छैनन् । त्यसमाथि उनी निर्वाचित भएको अवस्थामा स्वकीय सचिव बन्ने सम्भावना छैन । तर, निर्वाचनअघि प्रचण्डले स्वकीय सचिवको जिम्म दिइहाल्ने सम्भावना देखिएको छैन ।

केहीले राजनीतिक बुहारी श्रृजना वा सल्लाहकार भूमिकासहितमा कुशल श्रेष्ठलाई बनाउन सकिने सुझाव पनि दिएका छन् । उनी पहिला पनि केही समयका लागि सचिवालयमा काम गरेका थिए । प्रकाशले खास नरुचाएका कारण शिव खकुरेल प्रचण्डको सचिवालयमा नपर्न पनि सक्ने माओवादी नेताहरुको भनाई छ । साँघु साप्ताहिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org