ताजा समाचार

चीनले प्रचण्डको यसरी गयो प्रशंसा, भन्यो ‘उहाँ नेपालको राजनेता हो’


काठमाडौं, १४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को चिनियाँ कम्न्युष्टि पार्टीले उच्च प्रशंसा गरेको छ । चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्रियामा चिनियाँ कम्न्युष्टि पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साव लिङले नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफूहरु प्रभावित भएको भन्दै उनले प्रचण्ड एक कुसल एवं गहन बिषय उठाउन सक्ने नेता भएको बताए ।

विश्वका छ सय कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ । हालै सम्पन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडि बढ्छ भन्नेमा चासो लिएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org