ताजा समाचार

सौर्यमण्डलमा सूर्य जस्तै ८ ग्रहले घेरिएको तारा भेटियो (भिडियो)

एजेन्सी, २९ मंसिर । सूर्य जस्तै ८ ग्रहले घेरिएको नयाँ तारा पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डल जस्तै ८ वटा ग्रहले घेरिएको नयाँ तारा पत्ता लगाएका हुन् । नासाका अनुसन्धानकर्ताले अन्तरिक्षमा पृथ्वीसहितका ८ ग्रहले सूर्यलाई परिक्रमा गर्ने जस्तै गरी ८ ग्रहले घेरिएको तारा पत्ता लगाएका हुन् ।

यो सौर्यमण्डल बाहिर भेटिएको अहिलेसम्मकै ठूलो प्लानेटरी सिस्टम (ग्रह प्रणाली) हो । केप्लर–९० नाम गरेको यो तारा सूर्य भन्दा केही ठूलो र तातो छ । अन्तरिक्ष अनुसन्धानकर्ताले केप्लर–९० का सातवटा ग्रह यसअघि नै पत्ता लगाएका थिए ।

अहिले नयाँ पत्ता लागेको ग्रह सानो रहेको र चट्टानले भरिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । गुगलमा सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्ने र अनुसन्धानमा संलग्न रहेका वैज्ञानिक क्रिष्टोफर शालुइले सौर्य मण्डलमा जत्तिकै ग्रह रहेको केप्लर–९० नै पहिलो तारा हो ।

नासाको केप्लर स्पेस टेलिस्कोपबाट प्राप्त जानकारी तथा प्रमाणको अध्ययनबाट केप्लर–९० को मण्डलमा रहेको नयाँ ग्रह पत्ता लागेको हो । नयाँ ग्रह केप्लर–९० भन्दा २ हजार ५ सय ४५ प्रकाश वर्ष पर रहेको छ । तर यसको ग्रह प्रणाली सौर्यमण्डलको जस्तै भएको अनुसन्धानकर्ताले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org