ताजा समाचार

हजारौ छोरीको स्वर्णिम भविष्य बनाउने महाअभियानमा नायिका रेखा थापा

सुर्खेत, १० पुस । नायिका रेखा थापा यतिबेला छोरीहरुको स्वर्णिम भविश्य बनाउन भन्दै देश दौडाहामा छिन् । अभिनयबाट महिला मुक्तिको वकालत गर्ने नायिका रेखा थापा यतिवेला वास्तविक जीवनमै छोरीका लागि स्वर्णिम नेपाल निर्माण अभियानका लागि देश दौडाहामा रहेकी हुन् ।

उनी वालविवाहको भयावह अवस्था रहेको पश्चिम नेपालका छोरीहरुलाई सहास दिन गाउँवस्तीमा पुगेकी छिन् । यतिवेला नायिका थापा बाँके हुँदै सुर्खेतका गाउँवस्तीमा पुगेकी छन् ।

बालबिवाह अन्त्य गर्न सुर्खेतबाट सुरु भएको ‘छोरीका निम्ति स्वर्णिम नेपाल महा-अभियान’ लाई सफल बनाउन नायिका थापा सुर्खेतका वस्तीवस्तमा पुगेकी हुन् ।

जीवन प्रशिक्षक नरबहादुर कार्कीले शुन्य लगानीमा सुरु गरेको यो अभियानलाई सफल बनाउन रेखा थापा आफ्नै लगानीमा अभियानमा सहभागी भएकी हुन् । अभियन्ता कार्कीलाई साथ दिन अभियानमा लागेकी नायिका थापाले पूर्वी सुर्खेतको विकट सिम्ता गाउँपालिकाका बालिकाहरुलाई ‘हिम्मत’ दिएकी छन् ।

‘छोरीहरु छोराभन्दा कम छैनन्, छोराहरुले जति काम गर्न सक्छन छोरीहरुले पनि उतिनै काम गर्न सक्छन्, थापाले सयौं बालिकाहरुकाबीचमा भनिन्, ‘अब सबै छोरीले हिम्मत गर्नुपर्छ, कमजोर हुनुहुँदैन ।’ यो अभियानका जन्मदाता नरबहादुर कार्कीले देशबाटै बालविवाह र महिला हिंसा अन्त्य गर्ने भन्दै नेपाललाई छोरीहरुको स्वणिर्म देश बनाउने अठोट व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org