ताजा समाचार

‘शत्रु गते’ को ‘रुपै मोहनी’ मा हरिवंशले दीपाश्रीलाई मोहनी लगाएपछि (भिडियोसहित)

काठमाडौं, १४ पुस । मह सञ्चारको प्रस्तुति ‘शत्रु गते’ मा समावेश ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

पुल्चोकको ब्रिक्स क्याफेमा एक औपचारिक कार्यक्रम गरी शुक्रबार दिउँसो १ बजेर ३ मिनेट जाँदा उपस्थित कलाकार र पत्रकारलाई गीत देखाइयो भने यसै समयमा रेडियो अडियोले पनि अडियो सार्वजनिक गरेको थियो । युट्युबमा भने दिउँसो २ बजेर ३५ मिनेट जाँदा ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

सिनेमाको यो गीतको छायांकनमा तीन दिन समय र झण्डै १५ लाख खर्च भएको निर्देशक भटटराईले जानकारी दिएका छन् । गीतकार लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ ।

गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुसाललगायतलाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन ।

किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ वीरगंज र काठमाडौंमा छायाँङकन गरिएको हो । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमाले चैत्र ९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org