ताजा समाचार

यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जसका कारण पुरुष ड्राइभर धरापमा

एजेन्सी, १७ पुस । फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । मनोविज्ञानमा स्नातक गरेकी उनले करियर परिवर्तन गर्ने निधो गरिन् । विगत ८ महिनादेखि ट्याक्सी चालकका रूपमा काम गर्न थालिन् । पुरुषहरूको बाहुल्य रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू औधी प्रभावित भए ।

यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा सेयर गर्न थाले । र, उनी रातारात फिलिपिन्सकी सेलेब्रेटी बन्न थालेकी छिन् । उनलाई अहिले विश्कै सर्वाधिक हट उबर ट्याक्सी चालक बताइन्छ । अहिले नियमित यात्रुहरू उनको ट्याक्सीमा चढ्न तँछाडमछाड गर्छन् । युबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् ।

दिनमा १२ घन्टा ट्याक्सी चलाउने तादियो भन्छिन्, ‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । तर, यो क्षेत्रमा मेरो प्रवेशपछि सर्वसाधरण मानिस चकित भएका छन् । ’ उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् ।

ट्याक्सीमा यात्रा गर्ने अधिकांश पुरुष यात्रुमध्ये केहीले उनको फोन नम्बरसमेत माग्छन् । ‘तर म केवल हाँसेर टारिदिन्छु । म कोहीसँग पनि डेटिङ गएकी छैन किनकि चालक र यात्रुबारे फिलिपिन्समा कडा नियम छ ।’

तादेओलाई उनका पुरुष साथीले चालक बन्न सुझाब दिएका थिए । साथीको कमाइका कारण उनी प्रभावित भएकी थिइन् । तर, सबै यात्रुले उनलाई बुक गर्न पाउँदैनन् । ‘प्रायः यात्रु मेरो ट्याक्सीमा चढ्न रुचाउँछन् । तर, मेरो नजिकको रुटमा जो हुन्छन् उनीहरूलाई नै सेवा दिन्छ,’ उनी भन्छिन् ।

यात्रुहरू आफ्नो सौन्दर्यले मन्त्रमुग्ध भएको उनको अनुभव छ । त्यही भएर लामो समयसम्म टाफिक जाममा पर्दा पनि यात्रुहरूलाई दिक्क नदाग्ने उनको दाबी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org