ताजा समाचार

चीनले बनायो पहिलो सोलार हाइवे, गाडी पनि गुड्ने बिजुली पनि उत्पादन हुने

एजेन्सी, १७ पुस । चीनले पहिलो सोलार हाइवे बनाएको छ । विद्युतीय राजमार्ग नाम दिइएको उक्त राजमार्गमा सवारी साधन पनि चलाउन मिल्नेछ भने विद्युत् पनि उत्पादन हुनेछ ।

चीनले अभूतपूर्व प्रविधिको प्रयोग गरेर विद्युतीय राजमार्ग बनाएको चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त राजमार्गले ५ हजार ८७५ स्वायर मिटर ओगटेको छ ।

पूर्वी प्रान्त सानडोङमा यस्तो सोलार हाइवे बनाएको हो । यो सडक इलेक्ट्रिक सवारीहरुलार्इ वायरलेस चार्जिङ सिस्टमबाट गुड्दागुड्दै चार्ज गर्छ । यो सडकलार्इ बनाउन सोलार प्यानलको प्रयोग भएको छ। यो सोलार हाइवेमा ट्रान्सलुसेन्ट कंक्रिट, सिलिकन प्यानल र इन्सुलेसनको तहबाट बनाइएको हो।

चिसो मौसममा सडकमा जमेको हिँउ पगाल्नकालागि स्नो मेल्टिङ सिस्टम तथा सोलार स्ट्रिट लाइटलार्इ पनि यसबाटै आवश्यक बिद्युत आपूर्ति हुने बताइएको छ। यो सडकबाट एक वर्षमा १ करोड किलोवाट बिजुली पैदा हुनेछ। एक किलोमिटरको सोलार हाइवेमका ६३ हजार २ सय स्क्वायर फिटको क्षेत्रफल कभर गरेको छ।

चीनको टोंङजी युनिभर्सिटीको ट्रान्सपोर्ट इन्जिनियरिङका एक्सपर्ट झाङ होङ चाओका अनुसार यो हाइवे सामान्य हाइवे भन्दा १० गुना धेरै प्रेसर थेग्न सक्ने गरी निर्माण गरिएको छ। तर यसको लागत प्रति स्क्वायर मिटर ४५८ डलर अर्थात ४५ हजार रुपैयाँ जति पर्न जाने छ जुन सामान्य हाइवे निर्माणमा लाग्ने रकमभन्दा धेरै बढी हो।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org