ताजा समाचार

शालीनदीमा स्वस्थानी मेला भर्न उर्लिए भक्तजन (फोटो फिचर)

काठमाडौं, १८ पुस । काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला मंगलबारबाट शुरु भएको छ । माघ महिनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन आउने स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

व्रतालुहरु सोमबार बेलुकीदेखि नै साँखुमा बास बस्न आउने गर्दछन् । पौष शुक्ल पूणिर्मादेखि स्वस्थानी व्रत सुरु भएको छ ।

स्वस्थानी व्रत एक महिनासम्म अर्थात् माघ शुक्ल पूणिर्मासम्म चल्दछ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org