ताजा समाचार

६ फोटोमा हेर्नुहोस् त्रिचन्द्र कलेज नजिक प्रहरी र विद्यार्थीको झडप

काठमाडौं, १८ पुस । त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा परी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर, केन्द्रिय सदस्य दिपक धामी सेखर बोहरा, दिपुकर पान्डे, धर्ममेन्द्र केसी लगायका विद्यार्थी नेता घाइते भएका छन् ।

उनीहरुको काठमाडौं मोडेल हस्पिटलमा उपचार भै रहेको छ । प्रहरी र विद्यार्थीबीचको झडपमा कमी आईरहेका बेला त्रिचन्द्र कलेज नजिकैको सडक मंगलबार एकाएक रणभूमीमा परिणत भयो ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्ध शान्तिपुर्ण रुपमा गरिको आन्दोलमा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ । आन्दोलनरत विद्यार्थीलाई भगाँउन प्रहरीले दर्जनौ सेल अस्त्रु ग्यास प्रहार गरेको थियो ।

अनेरास्वीयुले वर्तमान प्रधानमन्त्रीको अबिलम्ब राजीनमा, निर्बाचन आयोगलाई यथाशीघ्र सम्पुर्ण मतपरिणाम सार्बजनिक गर्न माग गर्दै आन्दोलन गरेका थियो । उक्त आन्दोलनमाथि प्रहरीले दमन गर्दा उग्र रुप लिएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org