ताजा समाचार

सन्नी लियोन पछि बलिउडमा अर्की पोर्न स्टारको इन्ट्री, पोष्टरले नै मच्चायो तहल्का

एजेन्सी । बलिउडमा अर्की एक पोर्नस्टारको इन्ट्री भएको छ । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् । फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’ का पोेष्टर सार्वजनिक गरेका छन् ।

पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ । चलचित्रको यो पहिलो पोष्टर हो । यस पोष्टरमा लिड अभिनेत्री निकै बोल्ड अवतारमा देखिएकी छन् । चलचित्रकी मुख्य अभिनेत्री चर्चित पोर्न स्टार मिया कल्कोवा रहेकी छन् ।

पोष्टरका लागि उनले न्युड पोज दिएकी छन् । तस्बिर सार्वजनिक भए लगतै बलिउडका केही हस्तीले पोष्टरलाई अहिले सम्मकै हट पोष्टर भनेका छन् । अभिनेत्री मियाले पनि पोष्टर आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । पोष्टरका साथमा उनले चलचित्र अभिनयको एक्सपेरेन्स पनि शेयर गरेकी छन् ।

मियाले लेखेकी छन्, ‘भारतीय चलचित्र निर्देशक रामगोपाल बर्माका साथ मैले युरोपमा ‘गड, सेक्स एण्ड टुथ’ गरेकी छु । सन्नी लियोन पछि म त्यस्तो पोर्नस्टार हुँ जसले अभिनेत्रीको रुपमा भारतीय चलचित्र अभिनय गर्ने अवसर पाएकी छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org