ताजा समाचार

‘दुई थोपा हाँसो’ लिएर हाँस्यकलाकार मनोज गजुरेल विदेश उड्दै

 

काठमाडौं, १५ माघ । हालै पत्नीसँग सम्बन्ध विच्छेद गरेका हाँस्यकलाकार मनोज गजुरेल ‘दुई थोपा हाँसो’ कार्यक्रम लिएर खाडी मुलुकको यात्रामा जाने भएका छन् । सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा हुने ‘दुई थोपा हाँसो’ कार्यक्रम लिएर गजुरेलसहितको हाँस्यव्यंग्य कलाकारको टोली युएई, कतार र मलेसिया यात्रामा जान लागेका हुन् ।

फेब्रुअरी महिनालाई ‘जनचेतना महिना’ को रुपमा मनाउने योजनाअनुसार नेपाली राजदूतावास अबुधाबीको संयोजन, सिस्नुपानी नेपालको सहकार्यमा हुन लागेको ‘दुई थोपा हाँसो’ कार्यक्रममा गजुरेलसहित लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा।राजु अधिकारी, व्यंग्य कवि टंक आचार्यको टोली खाँडी मुलुकको भ्रमणमा निस्किन लागेका हुन् । १ फेब्रुअरीबाट कार्यक्रम सुरु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org