ताजा समाचार

अभिनय राम्रो नगरेको भन्दै बाहुबली नायिका तमन्नामाथि जुत्ता प्रहार

काठमाडौं, १५ माघ । बलिउड अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ । भारतको हैदराबादमा एक कार्यक्रममा सहभागी हुने क्रममा अभिनेत्री तमन्ना भाटियामाथि ३१ वर्षीय करीमुल्लाह नामका व्यक्तिले जुत्ता प्रहार गरेका हुन् ।

जुत्ता प्रहार गरेपछि ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको थियो । प्रहरीको सोधपुछमा ती व्यक्तिले तमन्नाले अहिले अभिनय गरेको चलचित्रबाट आफू असन्तुष्ट भएका कारण जुत्ता प्रहार गरेको बताएका छन् ।

तमन्ना भाटियाले बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने सुपरहिट फिल्म ‘बाहुबली’ तथा बाहुबली २’ मा अभिनय गरेकी थिइन् । उनले तमिल, तेलुगु तथा हिन्दी फिल्ममा काम गरिसकेकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org