ताजा समाचार

आयो यस्तो ‘टा–टा टावेल ब्रा’ महिलामाझ निकै आकर्षक बन्दै

एजेन्सी । महिलाहरुले लगाउने ब्रा र बजारको पुरानो सम्बन्ध छ । खासगरी महिलाहरुको सौन्दर्यसँग जोडेर ब्रालाई बजारको अण्डर गार्मेन्ट नाफामूलक बस्तुका रुपमा पस्किँदै आएका छन् कम्पनीहरु । तर यतिखेर एउटा नयाँ ब्राले यो बजारमा हमला बोलेको छ ।

‘टा–टा टावेल’ नामले चर्चित यो ब्राका बारेमा विश्वव्यापी बहस नै चलेको छ । तर महिला, पुरुष, अधिकारकर्मी, कम्पनीहरुबीच यो विषयमा बहस नै सुरु भएको छ । यसका समर्थकदेखि बिरोधीहरुसम्मको चर्चाले ब्राले भने मज्जाको व्यापार गर्न सफल भएको छ ।

के हो टाटा टावेल ?


टाटा टावेल एउटा नयाँ डिजाइनको ब्रा हो । तर यो ब्रा भने अहिलेसम्मका ब्रा भन्दा फरक छ । यसअघिका अधिकांश ब्राहरु महिलाहरुको स्तनलाई आकर्षक र सेक्सी देखाउन नै बनेका थिए । यसमा भने महिलाहरुलाई सजिलो हुने किसिमले बनाइएको छ । पसीना नआउने, बच्चालार्इ दूध चुसाउन सजिलो हुने, लगाउन र झिक्न सजिलो हुने यसको विशेषता हो ।

कतिपयले यसलाई स्तन कोक्रोको संज्ञा पनि दिएका छन् । डिजाइनका हिसाबले यो हल्टर नेक बिकनी जस्तै लाग्छ । यो लगाउने मान्छेको घाँटीमा टिकेको हुन्छ । ब्राका बारेमा कम उमेरका महिलाहरुका बीचमा बढी चर्चा र चासो देखिँदै आएको बेला यो ब्राले भने उमेर पुगेका महिलाहरुबीच समेत ब्राको चर्चा भित्र्याएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org