ताजा समाचार

अब, तपाईको यौन प्यास रोबोटले मेटाउनेछ, तर गोजीमा गाँठ भने टन्नै हुनुपर्ने

एजेन्सी । यौन सुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने बाध्यता अब नरहने भएको छ । त्यस्तै यौन प्यास मेट्न चाहनेहरुले रेड लाईट एरिया धाउनु पर्ने पनि बाध्यता हट्ने भएको छ । यति मात्र होईन सम्भोगको बेला हुने बिभिन्न यौन रोगहरुको चिन्ता पनि अब रहेन, न त बिभिन्न लफडारु नै ।

अहिले बैज्ञानिकहरुले यस्तो साधनको परिकल्पना गरेका छन कि जसले महिला होस या पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ । यसले सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्नेछ । यसका लागि वैज्ञानिकहरुले यौनकर्मी रोबोट निर्माणको काम सुरु गरिसकेका छन् ।

न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यौनकर्मी रोबोट निर्माणको योजनामा काम भैरहेको छ र यो सफल भएमा यसका धेरै फाइदाहरु हुनेछन् । मिरर अनलाइनको रिपोर्ट अनुसार रोबोट यौनकर्मी हुने वेश्यालयहरु एकातर्फ एड्स जस्ता यौनरोगहरु रोक्नमा कामयाव हुनेछन् भने अर्कोतर्फ युवती तथा महिलाहरुको तस्करीका घटनामा पनि कमी आउनेछ । त्यसका लागि यौन उद्योगमा हुने अपराध सम्बन्धी मामिलाहरुमा पनि कमी आउनेछ । अनि वेश्यागमनको कुरालाई लिएर अहिले जस्तो एक प्रकारको अपराध बोधको स्थिति रहेको छ त्यस्तो चिन्तन पनि हट्नेछ ।

बैज्ञानिकहरुका अनुसार यस प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन २०५० सम्ममा विश्वको यौन पर्यटन ब्यवसायलाई ठूलो लाभ पुराईदिनेछ । सेक्स रोबोट नामक उक्त यन्त्रमानब मानिसको यौनको भोक सजिलैसंग मेटाउन सक्षम हुने बताईएको छ । तर रोबोटसंग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ । भिक्टोरिया विश्वविध्यलयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसंगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् ।

युब यम नामको एक क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढी रकम तिर्नुपर्नेछ । शोधकर्ताहरु भन्छन्, उक्त क्लब एम्सटर्डमको रेडलाईट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामसूत्रका साथै उमेर, भाष तथा यौनिक फिचर्सहरु राखिनेछ । उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org