ताजा समाचार

चीनले बनायो गज्जबको चश्मा, जुन लगाएपछि अपराधी आँफै चिनिने !

एजेन्सी, २६ माघ । विज्ञान र प्रविधिको क्षेत्रमा अग्रस्थानमा आउने देशको नाम हो चीन । नयाँ नयाँ तथा चामत्कारिक वस्तुहरु आविस्कार गर्दै आएको चीनले हालै एउटा यस्तो चश्मा बनाएको छ । जुन चश्मा लगाएपछि अपराधी आँफै चिनिन्छन् । बढ्दै गएको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै चीनले सुरक्षाकर्मीका लागि यस्तो खालको चश्मा आविस्कार गरेको हो ।

सुरक्षाको हाइटेक’ व्यवस्थाका लागी भन्दै यस्तो सुरक्षा सर्तकता अपनाउन ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो खालको चश्मा बनाईएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी ठाउँठाउँमा राखिएपछि आपराधिक नियतसहित अपराधीहरुले सहजै आफ्नो संदिग्ध गतिबिधि गर्न नपाउने चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् । उक्त चश्मा लगाएपछि अपराधिलाई अन्य समयमा भन्दा सजिलै पत्ता लगाउन सकिने अधिकारीहरुको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org