ताजा समाचार

अब २८ हजार पर्ने सामसुङ जे सेभेन मोबाईल १ रुपैयाँमा किन्न पाईने

काठमाडौ, २९ माघ । १ रुपैयाँमै २८ हजार पर्ने सामसुङ जे सेभेन स्मार्टफोन किन्न पाईन्छ भन्दा पत्याउनु हुन्न होला तर यो सत्य हो ! त्यो पनि नेपालमै पाईन्छ । काठमाडौं सुन्धाराको सिटिसी मल चौथो तल्लामा रहेको ईजी मोबाइल केयरले यस्तो अफर ल्याएको हो ।

मोबाइल केयरले सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको हो । कम्पनीले सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

उक्त अफरअन्तरगत अधिकतम बजार मूल्य २८,२९० तोकिएको सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले १ रुपैयाँ बुझाएरै घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

ईजी मोबाइलका अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताएका छन् ।

‘हामी पहिलेदेखि नै मोबाइल क्षेत्रमा सक्रिय कम्पनी भएको हुँदा ब्राण्डेड मोबाइल बिक्री गर्ने र बिक्रीपछिको उत्कृष्ट सेवा दिने कार्य गरिरहेका छौं । यसैको एउटा पाटोको रुपमा हामीले विभिन्न मोबाइल फोनहरु किस्तामा दिदैँ आएका छौं, मासिक किस्तामा फोन किनेर ग्राहकहरुलाई फाईदा लिन हामी आग्रह गर्दछौं ।’ अध्यक्ष पौडेलले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org