ताजा समाचार

कुकुरलाई बचाउँन खोज्दा हाँस्य कलाकार ‘तक्मे बुढा’ चढेको कार पल्टियो

काठमाडौं, १ फागुन । हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार पल्टिएको छ । मधुमल्ला महोत्सवमा आयोजित कार्यक्रममा सहभागी भएर विर्तामोड फर्कने क्रममा राति १२ बजे उनी सवार बा.१७ च ९१०२ नम्बरको कार पल्टिएको हो ।

तिब्र गतिमा गुडिरहेको कार अगाडी एक्कासी कुकुर आएपछि कुकुरलाई बचाउँन खोज्दा कार पल्टिएको बताइएको छ । कारमा तक्मे बुढासँगै फुर्के नम्बर १ का कलाकारहरु विशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई, बाल कलाकार जेसिका राई थिए । कार दुर्घटना भएपनि कारमा सवार सबै सकुसल रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org