ताजा समाचार

माओवादी पुर्नगठनको बहस

गत असोज १७ गते एमालेको नेतृत्वमा वाम गठबन्धनको घोषणासँगै त्यसले राजनीतिक वजारलाई तताएको थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै एकता हुने भनिए पनि लामो समयसम्म एकता नभएको कारण कतिपय एमाले ९ माओवादी कार्यकर्तामा एकता हुने–नहुने अन्यौलता कायम थियो । तर ढिलै भएपनि फागुन ७ गते मध्य रातमा नेपाल कम्युनिष्ट पार्टीको नामबाट एकताको घोषणा भयो । जसलाई एमाले माओवादीका कतिपय नेताले कम्युनिष्ट एकतालाई इतिहासको कोसेढुङ्गाको संज्ञा दिए ।

२०२८ सालमा झापा विद्रोहमार्फत् उदाएको एमाले र २०५२ सालबाट सुरु शसस्त्र द्वन्द्वमार्फत् उदाएको माओवादीको इतिहास अन्त्यमा संसदिय व्यवस्थालाई स्विकार्दै सम्झौतामा गएर टुङ्गिएको देखिन्छ । अझ माओवादीले त शान्तिप्रक्रियामा आउदा पनि सम्झौता मात्रै गरेन आत्मसमर्पण नै ग¥यो शान्तिप्रक्रियाको नाममा संसदिय व्यवस्थालाई प्रधानशत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदिय व्यवस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणवादको बाटोमा लागेको पुष्टि हुन्छ । त्यसै क्रममा शान्तिप्रक्रियामा आएपछि माओवादीले जनमुक्ति सेनाको विघटन ग¥यो ।

सम्झदा लाग्छ, सर्वहारावर्गको मुक्तिको लागि नभई, माओवादीका केहि नेताको सत्तास्वार्थको लागि सुरुवात गरिएको जनयुद्धले सबैलाई दुःख दियो । अनाहकमा १७,००० नेपालीले ज्यान गुमाए । कतिले शिक्षाको माध्यमबाट उज्यालोतर्फ लम्किदै गरेको उज्ज्वल भबिष्यलाई बन्दुकको गोलीसँगै तितान्ज्वली दिए । कतिले आफ्नो थलो छोडे, कतिको काख रित्तियो, कति टुहुरा बने, कतिको सिउँदो पुछियो, कति बिस्थापित भए । बेपत्ता, अपाङ्ग र घाइतेहरूको त कुरा गरिसाध्ये छैन् । अहिले पनि युद्ध लड्न आदेश दिनेहरूको जीवनशैली र विगत सम्झदा पनि हामी रगत उम्लेर आउँछ । आखिर कसका लागि लडियो युद्ध रु देशमा भएका परिवर्तनहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत एजेण्डाहरू स्थापित गर्न जनयुद्ध नै आवश्यक थिएन । १९ दिने जनआन्दोलनलाई फर्केर हेर्दा त्यो पुष्टि हुन्छ । जहाँ जनयुद्धमा सहभागी भएकाभन्दा नभएकाहरु बढि थिए । उनीहरूकै बलमा देशले गणतन्त्र पायो । अहिले आएर एमाले–माओवादी एकीकरणले पनि हिंसा नै परिवर्तनको विकल्प नभएको प्रमाणित गरेको छ ।

विश्वले प्रथम र द्वीतिय विश्वयुद्धको सामना ग¥यो । कुनै समय थियो विश्वमा हिंसाको माध्यमबाट नै सम्पूर्ण शक्ति आफ्नो हातमा लिने र विश्वलाई नै कब्जा गर्ने । तर आज समय वदलिएको छ । मानिसहरू वदलिएका छन् । सोचाई बदलिएका छन् । आज एक देशले अर्को देशमाथि आणविक होइन, शीतयुद्ध गर्दै छ । एकपटक माओवादी आन्दोलनको इतिहासलाई फर्केर हेरौं । जुन सपना बोकेर माओवादी नेतृत्व जंगल पसेको थियो त्यही सपना पूरा नहुँदै नेतृत्वगणबाटै उसको अस्तित्व समाप्त गराइयो ।

संसदिय व्यवस्थालाई माओवादीले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँको संज्ञा दिएको थियो । तर शान्तिप्रक्रिया आएपछि संसदिय खेलमै लिप्त भएर सरकार बनाउने र गिराउने खेलमा लागेको छ । यता संसदिय ब्यबस्थाको विकल्प खोज्नुपर्ने बताउँदै वैद्य र विप्लवहरूले अलग–अलग पार्टी निर्माण गरे । विगत हेर्दा माओवादी फुटको इतिहास हो । विभाजित हुँदा आफ्नो शक्ति कमजोर भएको र अन्तर्राष्ट्रि अदालतबाट बच्न प्रचण्ड यतिबेला एमालेसँग मिल्न पुगेका हुन् । त्यस्तै फरक कित्तामा वैद्य, बाबुराम र विप्लव उभिन पुगेका छन् । फुटकै कारण सबैको अस्थित्व संकटमा छ । अब माओवादी इतिहास र आफ्नै अस्थित्व रक्षा गर्नेमात्र होइन जनयुद्धले तयार गरेका जनतन्त्र, जनजीविका र राष्ट्रियताका सवालहरूमा प्रतिबद्ध भई जनतालाई सर्पोच्चतामा राखेर जनपक्षिय काममा अगाडि बढ्ने हो भने एमालेसँगको एकतामा रूष्ट रहेका माओवादीका अन्य नेता तथा कार्यकर्तासहित वैद्य र विप्लवहरूले समेत हिंसाको राजनीतिलाई टाढै राखेर बाबुरामलाई समेत एक ठाउँमा ल्याउन सक्छन् । त्यसकारण इमान्दार वामपन्थी शक्तिहरूलाई आजैबाट एकठाउँमा गोलबन्ध गर्नुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.