ताजा समाचार

म्यानचेष्टर सिटीले काराबाओ कपको उपाधि हासिल गर्यो

काठमाडौं,१४ फागुन। म्यानचेष्टर सिटीले आर्सनललाई हराउँदै काराबाओ कप फुटबलको उपाधि हात पारेको छ । सिटीको प्रशिक्षकको रुपमा पेप ग्वार्डिओलाको लागि पहिलो ट्रफी हो ।

आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले आर्सनललाई ३–० गोल अन्तरले पराजित गरेको हो । वेम्बलीमा भएको खेलमा सिटीले १८ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो ।

बाँकी दुई गोल दोस्रो हाफमा भएको थियो । ५८ औं मिनेटमा कोम्पोनीले गोल गरे भने ७ मिनेटपछि नै डेभिड सिल्भाले गोल गर्दै म्यानचेष्टर सिटीको जित हासिल गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org