डिपिएल क्रिकेटलाई जगदम्बाको साथ
काठमाडौँ, १५ फागुन। धनगढी प्रिमियर लिग(डिपिएल)को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ ।
धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्बा इन्टरप्राइजेज रहनेछ भने आयोजकले सम्पूर्ण प्रवद्र्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ । आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ ।
आयोजकका अनुसार करिब रु तीन करोड खर्च लाग्ने उक्त प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एकजना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही रु एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...