ताजा समाचार

समयमा आयोजना निर्माणको काम अघि बढ्न नसक्दा आयोजनाको लागत बढ्यो

काठमाडौं,२५ फागुन । राष्ट्रिय गौरबका आयोजनामा रहेका अधिकांश सिँचाइ आयोजनाको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ । समयमा आयोजना निर्माणको काम अघि बढ्न नसक्दा आयोजनाको लागत बढेको छ ।

सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना र बबई सिचाइ आयोजनाले चालु आर्थिक वर्षको ६ महिनामा गरेको खर्च सन्तोषजनक देखिँदैन । यी आयोजनाले यो वर्ष गत आर्थिक वर्षको तुलनामा कम खर्च गरेका छन् ।

जग्गा प्राप्तिमा समस्या तथा अन्तर सरकारी निकायका समन्वय अभावका कारण यस्ता आयोजनाको निर्माण द्रुत गतिमा अघि बढ्न नसकेको देखिन्छ ।

अर्थ मन्त्रालयले हालै गरेको बजेटको अर्धवाषिर्क समीक्षाका अनुसार भेरी बबई बहुउद्देश्यीय आयोजना बाहेक अन्य आयोजनाले बजेट खर्च गर्न सकेका छैनन् । सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको निर्माण बषरैंअघिदेखि सुरु भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । तर, भेरी बबई डाइभर्सन आयोजनामा भने यस वर्षका लागि छुट्टाइएको बजेट ८८ करोड ८० लाख ९२ हजार अपुग हुने देखिएको छ ।

‘जग्गा प्राप्ति, प्राविधिक जनशक्तिमा कमी, निर्माण सामाग्रीहरुको अभाव र ठेकेदारहरुको न्यूनस्तरको कार्य सम्पादनका कारण सिँचाइ र नहर निर्माण सम्बन्धित आयोजनाहरु समस्यामा परेका छन् । ‘ बजेटको अर्धबाषिर्क समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

बबई सिँचाइ आयोजनाको लागत ८ अर्ब ९२ करोडले बढ्यो

यो आयोजनाको निर्माण आर्थिक वर्ष ०४४र०४५ मा शुरु भएको हो । सुरुवातमा आर्थिक वर्ष ०६९र०७० मा सम्पन्न हुने लक्ष्य लिएकोमा अहिले यसको निर्माण सम्पन्न हुने समय नै संशोधन गरिएको छ । अहिले ०७८र०७९ मा निर्माण सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ ।

आयोजना निर्माण सुरु गर्दा ३ अर्ब ७७ करोड लागत आँकलन गरिएकोमा अहिले यसको लागत १२ अर्ब ६९ करोड पुग्ने देखिएको छ । यसको लागत अहिले ८ अर्ब ९२ करोड वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७४र०७५ मा ७१ करोड ६३ लाख ५५ हजार बिनियोजन गरेकोेमा पुस महिनासम्म १० करोड ७४ लाख ४९ हजार खर्च भएको छ । गत आर्थिक वर्षको पुस सम्ममा ३१।३२ प्रतिशत खर्च भएकोमा यो वर्षको सोहि अवधिमा १५ प्रतिशत मात्रै खर्च भएको छ । गत वर्षको तुलनामा खर्चमा ५१।०३ प्रतिशतले घटेको छ ।

अहिलेसम्म यो आयोजनाले ५५ किमी नहर निर्माण सम्पन्न गरेको छ । त्यस्तै बाढीबाट क्षतीग्रस्त क्षेत्र तथा संरचना तटबन्ध गर्नुपर्ने १४ किमी मध्ये १० किमी मात्रै निर्माण गरेको छ । अहिलेसम्म आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको छ ।

आयोजना निर्माण क्रममा जग्गा प्राप्तिमा समस्या देखिएको छ । त्यस्तै बेलाबेलामा नदीजन्य निर्माण सामाग्री संकलनमा पनि स्थानीयले बाधा उत्पन्न गर्ने गरेका छन् ।

बर्दिया जिल्लाको ३६ हजार हेक्टर भूमिमा सिँचाइ गर्ने योजनासहित यो आयोजनाको निर्माण अघि बढाइएको हो ।

सिक्टा सिँचाइ आयोजनामा विनियोजित बजेटको २८ प्रतिशत मात्रै खर्च

यस आयोजनाका लागि चालु आर्थिक वर्षमा १ अर्ब ५८ करोड ७१ लाख ५९ हजार बिनियोजन गरेकोमा ६ महिनामा ४४ करोड ५३ लाख मात्रै खर्च भएको छ ।

गत वर्षको ६ महिनामा बिनियोजित बजेटको ४२।३६ प्रतिशत खर्च भएकोमा यस वर्षको सोहि अवधिमा २८।०६ प्रतिशत मात्रै खर्च भएको छ । आयोजना निर्माण सुरु गर्दा लागत १२ अर्ब ८० करोड अनुमान गरेकोमा अहिलेको संसोधित लागत २५ अर्ब २ करोड पुगेको छ । अहिले यसको लागत १२ अर्ब २२ करोडले बढेको छ ।

नहरको अधिकांश क्षेत्र निकुञ्ज तथा बनको क्षेत्रमा परेको र स्थानिय बासिन्दा संग हुने मुआब्जाको विवादका कारण आयोजनाको काम प्रभावित हुने गरेको छ ।

यो आयोजनाका लागि अहिलेसम्म १ सय ११।७० हेक्टर जग्गा खरिद भएको छ । र, मुल नहरमा १ सय ३२ वटा स्ट्रक्चर निर्माण गरिएको छ ।

अहिलेसम्ममा सिधानिय शाखाको ३०।८४ किमी नहर निर्माण भएको छ भने डण्डुवा शाखाको हेड वक्र्स निर्माण सम्पन्न भएको छ । भौतिक प्रगति हेर्ने हो भने यसको ५५।८ प्रतिशत काम सकिएको छ ।

यस आयोजनाको निर्माण ०६२र०६३ देखि सुरु भएको हो । सुरुमा ०७१र०७२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले अहिले ०७६र०७७ मा निर्माण सक्ने योजना बनाइएको छ ।

बाँकेको सिँचाइयोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने योजनाका साथ यो आयोजना अघि बढेको हो । राप्ती नदीमा ३ सय १७ मिटर बाँध निर्माण गरी ४२ हजार ७ सय ६६ हेक्टर सिँचाइ गर्ने आयोजनाको योजना छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ६८ प्रशित भौतिक प्रगति

कैलाली जिल्लामा निर्माणाधीन यो आयोजनाको ६८ प्रतिशत काम सकिएको छ । कर्णाली नदीबाट कैलालीको ३८ हजार ३ सय हेक्टर सिँचाइ गर्ने लक्ष्य लिएको यो आयोजनाको लागत अहिले १२ अर्ब ६५ करोड पुगेको छ । आर्थिक वर्ष ०६४र०६५ मा निर्माण शुरु गर्दा १२ अर्ब ६३ करोड आँकलन गरेकोमा अहिले लागत २ करोड बढेको छ ।

अहिले यो आयोजना ०७५र०७६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण गर्नुपर्ने ५।८७ किमी नहरमध्ये ३।१ किमी निर्माण सम्पन्न भएको छ । र , १ सय १५ किमी कृषि सडक निर्माण गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म १ सय ८ किमी निर्माण सकिएको छ ।

अहिलेसम्म चिसापानीमा इन्टेक तथा लिंक क्यानको निर्माण सम्पन्न भएको छ । त्यस्तै चिसापानीदेखि बलचौरसम्म मूल नहर तथा सेटलिंग बेसिन निर्माण भएको छ भने कटासेदेखि मोहनासम्म फिडर नहर निर्माण पनि सकिएको छ । अहिले कणरली पथरैया र मोहना नदिहरुमा तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

चालु आर्थिक वर्षमा १ अर्ब ९७ करोड बिनियोजन भएकोमा ७६ करोड ६६ लाख १६ हजार खर्च भएको छ । गत आर्थिक वर्षको ६ महिनामा विनियोजित बजेटको ५८।२८ प्रतिशत खर्च भएकोमा यो वर्ष विनियोजित बजेटको ३८।९० प्रतिशत मात्रै खर्च भएको छ । खर्च गत वर्षको तुलनमा ७ प्रतिशतले घटेको अर्थमन्त्रालयले जनाएको छ ।

यस आयोजना निर्माणका क्रममा नहर रेखाङ्कनमा परेको जग्गा अधिग्रहणमा समस्या देखिएको छ । आयोजनाले वन क्षेत्रका रुखहरु कटान गर्न र अतिक्रमित वस्ती हटाउन सकेको छैन । नहर निर्माणको रेखाङ्कनभित्र परेको मुक्त कमैयाको वस्तीलाई पनि अन्यत्र व्यवस्थापन गर्न सकिएको छैन ।

थप बजेट माग गर्ने एकमात्रै सिँचाइ आयोजनामा भेरी बबई डाइभर्सन

चालु आर्थिक वर्षमा यस आयोजनाका लागि ८८ करोड ८० लाख ९२ हजार विनियोजन भएकोमा पुससम्म ५५ करोड ६२ लाख खर्च गरेको छ । विनियोजित रकमको ६२।६४ प्रतिशत खर्च भएको छ ।

अहिले यो आयोजनाको काम तिब्र गतिमा अघि बढेकाले थप रकम आवश्यक भएको देखिएको अर्थ मन्त्रालय बताउँछ ।

सुरुङ खन्नका लागि चीनबाट ल्याएको टनेल बोरिंग मेशिन ९टीबीएम ० को प्रयोग भएसँगै निर्माण कार्यमा तिब्रता आएको हो । यस आयोजनाका लागि १२ किमी सुरुङ खन्नुपर्छ जसमध्ये अहिलेसम्म २ हजार ४ सय मिटर सुरुङ खनिएको छ । यसको अहिले भौतिक प्रगति हेर्ने हो भने २० प्रतिशत भएको देखिन्छ ।

सुरुवातमा १२ अर्ब ६३ करोड लागत अनुमान गरिएकोमा अहिले यस्तो लागत १६ अर्ब ४३ करोड लाग्ने आँकलन गरिएको छ । आर्थिक वर्ष ०६८र०६९ मा अघि बढाइएको यो आयोजना आर्थिक वर्ष ०७७र०७८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

अहिले आयोजनाका लागि रुख कटानको काम पनि अघि बढिरहेको छ । बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा सिँचाइका साथै ४८ मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ यो आयोजना अघि बढाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org