ताजा समाचार

प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

विराटनगर २५ फागुन ।  मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहाकार हो ।

मुख्य न्यायधिवक्तामा सिफारिस हुनुभएका आचार्य २०४६ सालमा अधिवक्ता हुनुभएको थियो भने २०७४ सालमा वरिष्ठ अधिवक्ता हुनुभएको छ । उहाँँ २०५७ सालमा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ वार एशोसिएसनका अध्यक्षसमेत भइसक्नुभएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org