ताजा समाचार

दोहोरो अंकले घट्यो शेयर बजार

 

काठमाडौँ, २७ फागुन।  शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आज ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।

आज सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका हुन् ।

आज कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर रु ३२ करोड ५१ लाख नौ हजार मूल्यमा कारोबार भएको हो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org