पूर्व प्रधानमन्त्री शरीफलाई लक्षित गरी जुत्ता प्रहार
लाहोर, पाकिस्तान, २७ फागुन । आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने क्रममा शरीफमाथि आक्रमण भएको बताइएको छ ।
पाकिस्तानमा पछिल्ला केही दिनमा उच्च स्तरीय राजनीतिक नेतृत्वलाई लक्षित गरी आक्रमण प्रयास भएका छन् ।
पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता आक्रमण प्रयास भएपनि शरीफले आफ्नो सम्बोधनलाई नरोके पनि छोट्ट्याउनु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँले मृतात्माको शान्तिका लागि प्रार्थना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै छोटो मन्तव्य मात्र राख्नुभएको थियो । उक्त अवसरमा मृतक धर्मगुरू नाइमियाको जीवन र योगदानको पूर्व प्रधानमन्त्री शरीफले प्रशंसा गर्नुभएको थियो ।
आक्रमणकारीलाई सभामा उपस्थित समूहले समाती कुटपिट गरी पछि प्रहरीलाई जिम्मा लगाएका थिए ।
घटनाको अनुसन्धान शुरु भएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अतिविश्वास नदेखाउन पाकिस्तानी प्रतिपक्षी दल शेख रसिद् आग्रह गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
यसपहिले शनिबार पनि एक व्यक्तिले पाकिस्तानका विदेशमन्त्री खावाजा असिफलाई शरीफको दलको सम्मेलन भइरहेको स्थलमा मसी दलेका थिए । गत फेब्रुवरी २४ गते पनि पाकिस्तानी गृह, योजना विकास तथा सुधार मन्त्री अहसान एकवालमाथि सार्वजनिक सम्वोधनका क्रममा जुत्ता प्रहार गरिएको थियो । (रासस÷एएनआई)
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...