ताजा समाचार

१६ केजी चाँदीसहित दुई जना पक्राउ

काठमाडौं,२८ फागुन। महानगरीय प्रहरी टोलीले १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र उनीसँगै रहेका वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ छन् ।

काठमाडौं–२३, झोछेमा अवैध सुनचाँदीको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरु पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org