ताजा समाचार

चलचित्र ‘तिमी सँग’को निर्माणपक्ष प्रदर्शन मिति सार्न वाध्य

चलचित्र ‘तिमी सँग’को निर्माणपक्ष बारम्बार प्रदर्शन मिति सार्न वाध्य भयो । अब, भने यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रको ट्रेलर काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । सुनिल बी।के यो चलचित्रबाट रजतपटमा प्रवेश गर्दैछन् ।

चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा छ । सुशिल उप्रेतीको छायांकन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ । शिशिर राणाले नै चलचित्रको कथा लेखेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org