गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ
बाबियाचौर, म्याग्दी, २८ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो ।
माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उहाँले अहिले बाख्रा बेचेरै वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्नुहुन्छ ।
“साहुले ऋण नपत्याएर माइतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिए” खड्काले भन्नुभयो “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचे । घर व्यवहार र छोराछोरीको पढाई खर्च धानिएको छ ।”
राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि आठ वर्षसम्म इराक, साउदी, मलेसियामा भौतारिएका खड्काका श्रीमान् गणेश पनि घर फर्किएर बाख्रापालनमै लागेका छन् । बाख्रापालनबाट स्वरोजगार बनेका खड्का दम्पतीले तीन वर्षअघि दर्ता गरेको ‘खड्का बाख्रा’ फार्ममा हाल खरी र जमुनापारी जातका ६० वटा बाख्रा छन् ।
घार, पोखरेबगर, भुरुङ तातोपानीमा खसीबोका तथा गाउँमै बाख्रापालन गर्नेले पाठापाठी खरिद गरेर लैजाने गरेका छन् । “खसीबोका र बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, ग्राहक घरमै आउँछन्” गणेशले भन्नुभयो “सुख र आम्दानी दुवै हिसाबले बाख्रापालनबाट विदेशमा भन्दा राम्रो भएको छ ।”
बाख्रापालनबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन र घरव्यवहार चलाउन सजिलो तथा दुई, चार हजार आवश्यक पर्दा महँगोमा ऋण खोज्नुपर्ने अवस्थाको अन्त्य भएकोमा खड्काले खुशी व्यक्त गर्नुभयो ।
गरिबी निवारण कोषको सहयोगमा गाउँमा गठन भएको जलेश्वर सामुदायिक संस्थाबाट हालै रु ४० हजार ऋण लिएर तीन माउ बाख्रा थपेको खड्काले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका गमबहादुर गर्बुजाले पनि विदेश जाने योजना त्यागेर बाख्रापालन शुरु गर्नुभएको छ । दुई वर्षअघि चार पाठा ल्याएर शुरु गरेको गर्बुजाको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।
स्थानीय दोसल्ले प्रगतिशील सामुदायिक संस्थाबाट सहुलियत ब्याजदरमा लिएको रु ३४ हजार र व्यक्तिगत रु एक लाख १० हजार लगेर २२ वटा बाख्रा खरिद गर्नुका साथै खोर निर्माण गरेको गर्बुजाले बताउनुभयो ।
खड्का र गर्बुजाजस्तै म्याग्दीको ग्रामीण क्षेत्रमा गरिब विपन्न समुदाय बाख्रापालनबाट आत्मनिर्भर र स्वरोजगार बनेका छन् । गरिबी निवारण कोषको सहयोगमा सामुदायिक संस्थामा स्थापित घुम्ती कोषबाट सहुलियत ब्याजदरमा बिना धितो उपलब्ध गराइने ऋण बाख्रा, कुखुरापालन, घरेलु उद्यम गर्नेका लागि सहयोगी बनेको छ ।
संगम म्याग्दीद्वारा म्याग्दीका १० वटा वडामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत गठन भएका ८१ वटा सामुदायिक संस्थाले ८२२ घरधुरी विपन्नलाई रु तीन करोड ३७ लाख ४२ हजार ५४६ ऋण लगानी गरेका छन् ।
बिना धितो ऋण उपलब्ध गराइने भएकाले बैंक, वित्तीय संस्थाको पहुँचमा नरहेका दुर्गम ग्रामीण क्षेत्रका विपन्नका लागि घुम्तीकोष वरदान बनेको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
विभिन्न जिल्लामा आगलागीले ठूलो क्षति, ७० बढी घरगोठ जले
काठमाण्डौ । गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...