ताजा समाचार

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित

 

काठमाडौं,२८ फागुन । नेकपा एमालेका उम्मेदवार गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।

फागुन ३० गते बस्ने बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव पेस गरेपछि तिमल्सिना निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

तिमिल्सिना एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश ४ को सहसंयोजक हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org