ताजा समाचार

सर्वोच्चका ६ न्यायाधीशद्वारा इजलास ‘बहिस्कार’

काठमाडौं,२९ फागुन ।न्यायाधीशहरुले न्याय सम्पादनबाट अलग बस्न सुझाव दिएपनि प्रधान न्यायाधीश गोपाल पराजुली न्याय सम्पादनबाट अलग हुन नमानेपछि सर्वोच्च अदालतका ६ जना न्यायाधीशले इजलास बहिष्कार गर्ने निर्णय गरेका छन्।

इजलास बहिस्कार गर्ने न्यायाधिशहरुमा हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउत रहेका छन् । आज तोकिएका इजलासमा उनीहरु गएनन् ।

प्रधानन्यायाधीश पराजुलीको इजलास बहिष्कार गरेका न्यायाधीश चोलेन्द्रशमशेर जबराको भने आज इजलास तोकिएको थिएन।

उमेरको हिसावले गत साउनमै अवकाश पाइसकेका प्रधानन्यायाधीश पराजुलीसँग बसेर मुद्दा हेर्दैनौ भनेर  न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेका थिए । सोमबार कान्तिपुर विरुद्ध अदालतको अवहेलाना विषयक मुद्धाको बहस हुने क्रममा न्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास बहिष्कार गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org