ताजा समाचार

पाँच किलो चरेशसहित दुई पक्राउ

काठमाडौँ, २९ फागुन ।  महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको हो ।

भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो ।

परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org