ताजा समाचार

यि हुन दुर्घटनाग्रस्त विमानको झ्यालबाट निस्केर बाँच्ने व्यक्ति

सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सवार ७१ जनामध्ये ५२ जनाको मुत्यु भयो ।

दुर्घटनामा गम्भिर घाईते १७ जनाको अहिले काठमाण्डौका नर्भिक इन्टनेशनल , न्युरो अस्पताल बाँसबारी, ओम अस्पताल चावहिल, र काठमाण्डौ मेडिकल कलेजमा उपचार हु्दैंछ । दुईजना यात्रु भने सकुशल घर फर्किसकेका छन । घाईतेमध्ये दुर्घटनाग्रस्त विमानको शिसा फोडेर बाहिर निस्कन सफल एक जना यात्रु दिनेश हुमागाईसँग पत्रकार प्रकटकुमार शिशिरले गरेको कुराकानी हामी आज आउँदै थियौं ।

एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट ल्याण्ड गर्न खोजिरहेको थियो । रन–वेमा नै नपुगी फोर्स ल्यान्ड गरेजस्तो मलाई फिल भयो यूएस बङ्गला एयरलाइन्सले विभिन्न ट्राभल कम्पनीका १४ जना प्रतिनिधिलाई घुमाउन बङ्गलादेश लगेको थियो । दुई जना साथीहरु हिजो नै फर्किनुभयो । हामी आज आउँदै थियौं ।

एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट ल्याण्ड गर्न खोजिरहेको थियो । रन–वेमा नै नपुगी फोर्स ल्यान्ड गरेजस्तो मलाई फिल भयो । जहाज लेफ्टतिर मोडियो ।

पछाडि फर्केर हेर्दा आगो लागिसकेको थियो । ३० सेकेण्डभित्र मैले झ्याललाई लात्तीले हानेर फुटालें र बाहिर हामफाले । मसँगै अर्को साथी पनि हाम फालेको देखेको थिएँ । २० मिटरजति पर आएर हेर्दा प्लेन ब्लास्ट भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org