ताजा समाचार

पिपिआर रोगले एक सय बाख्रा मरे

लहान, ३० फागुन।  विगत एक महिनादेखि सप्तरीको शम्भुनाथ नगरपालिका–१ र २ मा फैलिएको पिपिआर रोगका कारण बाख्रा मर्न थालेका छन् ।

फागुनको पहिलो सातादेखि फैलिएको पिपिआर रोगका कारण हालसम्म १०० भन्दा बढी बाख्रा मरेका छन् । शुरुमा बाख्राले पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने र अन्तिममा मृत्यु हुने गरेको स्थानीय इनुस मियाँले बताउनुभयो ।

शम्भुनाथ नगरपालिका–१ मा ६० भन्दा बढी बाख्रा मरेका छन् । वडा नं २ मा पनि पिपिआर रोगका कारण ठूलो संख्यामा बाख्रा मरेका मियाँले बताउनुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org