ताजा समाचार

सपथ खुवाउन शीतलनिवास पुगेका प्रधानन्यायाधीश बर्खास्त

काठमाडौं, ३० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ ग्रहण गराउनका लागि शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । पराजुलीलाई न्याय परिषद्ले बर्खास्त गरेको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।

परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ ।

न्यायपरिषद्को सचिव स्तरिय निर्णयबाट उनको अवकाश भैसकेको जानकारी गराइएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org