ताजा समाचार

युवतीमाथि कुटपिट

भीमदत्तनगर, ३० फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँकी २४ वर्षीया सोनी चन्द आज बिहान घरमै निर्घात कुटिएकी छन् ।

सोनीलाई कुटपिटका साथै शरीरमा तातो घिउ खन्याएर भीमदत्तनगरपालिका–१० गड्डाचौकीका राकेश चन्द फरार भएका छन् ।

कुटपिटबाट घाइते भएकी चन्दलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिटबाट चन्दको शरीरका विभिन्न भागमा चोट लागेको जनाएको छ ।

यसैबीच, आज दिउँसो दोषीमाथि कारबाहीको माग गर्दै वनगाउँका महिलाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मूलढोकामा धर्ना समेत दिएका छन् ।
कुटपिटमा संलग्न राकेशको प्रहरीबाट खोजी भइरहेको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org