ताजा समाचार

गीतकार प्रमोद भण्डारीको नयाँ गीत ‘पागल बनायो’ बजारमा (भिडियोसहित)

काठमाडौँ । गीतकार प्रमोद भण्डारीको शब्द रचनामा ‘पागल बनायो’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । दीक्षा इन्टरनेशनल प्रा.लि.म्युजिक कम्पनीबाट उक्त गीत बुधबार युट्युव मार्फत् सार्वजनिक गरिएको हो ।

चर्चित गायक प्रमोद खरेलले गीतमा आजाव दिएका छन् । रिकेश गुङले संगीत संयोजन गरेको यस गीतमा कमल अधिकारी संगीत रहेको छ । किरण नेपालीको निर्देशन र श्रीकृष्ण परियारको कोरियोग्राफीमा मोडलद्वय रिस्ता वस्नेत र नविनराज रेग्मीले उकृष्ट अभिनय गरेका छन् ।

गीतलाई कृपा रेकर्डिङ स्टुडियोले रेकर्ड गराएको हो भने उज्ज्वल श्रेयन महतले मिक्सिङ्ग गरेका हुन् । गीतकार भण्डारीले संगीतकार, गायक, मोडल सबैको उकृष्ट भूमिकाले गीत राम्रो चल्ने आशा गरेका छन् ।

‘नाटक रैछ तिम्रो माया’ गीत ल्याएर चर्चा पाएका भण्डारीले ‘पागल बनायो’ गीतले पनि दर्शकरश्रोताको मन जित्ने बताए । साहित्य र संगीतमा रुचि राख्ने भण्डारी गीत, गजल, मुक्तक लेखनमा सक्रिय छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org