ताजा समाचार

प्रधानमन्त्री ओलीले गरे समृद्धिको सपना साकार पार्ने प्रतिवद्धता

काठमाडाैं, ६ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले  अाफूले देखेकाे  निर्माण सम्बन्धी सपना  साकार पार्न  हरदम लागि पर्ने बताएका छन् ।

दमक-चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न मंगलबार काठमाडौंमा आइपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लैजाने योजना पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको बताए ।

गृहजिल्ला झापास्थित दमक-चिसापानी सडकका उपभाक्ताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका प्रगति र आयोजनाको समेत चर्चा गरेका हुन् ।

भेटमा उपभोक्ता समितिले आयोजनाको उचित व्यवस्थापनका लागि थप १ अरब ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ ।

उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org