ताजा समाचार

लागूऔषध अफिमसहित तीन पक्राउ

काठमाडौं ६ चैत । चार केजी प्रतिबन्धित लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले मंगलबार उनीहरुलाई दक्षिणकाली–५, त्रिभुवन आदर्श मावि अगाडिबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया–६, ज्यामिरे घर भएका २९ वर्षीय सोमबहादुर तितुङ, मकवानपुरगढी–१, रानीशेराका ३० वर्षीय बज्रबहादुर भोम्जन र सोही गाउँपालिका वडा नं। ३ का शिखरकटेरीका २६ वर्षीय प्रेमबहादुर थिङ रहेका छन ।

ब्यूरोका प्रमुख डिआईजी ठूले राईका अनुसार तितुङको साथबाट दुई केजी, बज्रूबहादुर र प्रेमबहादुरको साथबाट १र१ केजी कफिम बरामद गरिएको जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org