ताजा समाचार

एशियन कप छनोटअन्तर्गत नेपाल र यमन भोलि भिड्ने

 

काठमाडौँ, १२ चैत । एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ ।

कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ ।

यसअघि काठमाडौँमा भएको पहिलो यमनविरुद्धको लिगमा नेपालले गोलरहित बराबरी खेलेको थियो । छनोट चरणमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी र बाँकी खेलमा पराजित भएको थियो ।

नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन सात अंकसहित दोस्रो तथा समान सातअंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंक मात्र जोडेको नेपाल अंक तालिकाको पुछारमा छ ।

नेपाली टोलीमा गोलकिपर बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेण्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ छन् ।

त्यसैगरी मिडफिल्डरमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन् ।

टोलीको मुख्य प्रशिक्षकमा ग्योतुकु कोजी, प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्ज्वल मानन्धर छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org