ताजा समाचार

अर्जेन्टिनामाथि स्पेनको शानदार जित

 

काठमाडौं, १४ चैत। इस्कोको हृयाट्रिक मद्दतमा स्पेनले अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ ।

स्पेनले १२ औं मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । खेलको ३९ औं मिनेटमा अटामेन्डीले गोल गर्दै खेललाई २-१ मा पुर्‍याए ।

तर, दोस्रो हाफमा स्पेन हावी भयो । ५२ औं मिनेटमा इस्कोले दोस्रो गोल गरे भने तीन मिनेटपछि नै थिएगोले गोल गरे । खेलको ७३ औं मिनेटमा योगो स्पासले गोल गरे ।

त्यसको एक मिनेटपछि नै इस्कोले हृयाट्रिक पूरा गर्दा स्पेन ६-१ ले विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org