ताजा समाचार

क्रिकेट रंगशाला बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा दिने

चितवन,१९ चैत । अन्तर्राष्ट्रिय  क्रिकेट स्टेडियम बनाउन  भरतपुर महानगरपालिकाले  धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा दिने बताएकाे छ ।

 सोमबार पत्रकार सम्मेलन गरेर महानगरले रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्ने पनि बताएकाे छ ।

भरतपुर महानगरपालिका वडा नः २० मा अवस्थित  चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने  महानगरले जानकारी दिएकाे छ ।  महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।

चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा रहेकाे छ ।अन्तर्राष्ट्रिय  क्रिकेट स्टेडियम बनाउन थप अन्य जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org