सात वर्षदेखि राष्ट्रपति रनिङको उपाधि मालिकालाई
बाजुरा, २९ चैत।राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ ।
लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा फराकिलो अंकको जितले उपाधि हात पारेको हो ।
घरेलु मैदानमा जारी १०औँ राष्ट्रपति रनिङ शिल्डमा पनि ३३ पदकसहित पहिलो भएको छ । शिल्डमा खेलाइएका ३३ खेलमध्ये १४ स्वर्ण, नौ रजत र १० कास्य पदक जितेको छ । खेलाइएका सबै खेलमा मालिकाले पदक जितेको छ ।
सरकारद्वारा नमूना विद्यालयको उपाधि दिएको मालिकाले यो वर्ष पनि आफ्नो अग्रता र जितलाई कायम गरेकामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज पाध्यायले खुशी व्यक्त गर्नुभएको छ । हामीले गरेको मेहनत र लगानीकै प्रतिफल अपेक्षाअनुसारकै नजिता निकाल्न विद्यार्थी सफल भएको उनकाे भनाइ छ ।
खेलमा भानोदय मावि दोस्रो बनेको छ भने दशरथ मावि तृतीय बनेको छ । भानोदय माविले ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० वटा पदक हात पारेको छ ।
तृतीय स्थान ल्याउन सफल दशरथ माविले ४ स्वर्ण र ३ कास्य हात पारेको छ । यस्तै अम्लिस मावि २ स्वर्ण, २ रजत र ४ कास्यसहित चौथौ भएको छ भने ३ खेलमा सहभागी पशुपति माविले २ वटा स्वर्ण जितेको छ ।
सबै खेलका पदक विजेतालाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ । रासस
Comments
अरु समाचार
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
बेलिङह्याम चम्किँदा एल क्लासिकोमा रियल विजयी
काठमाडाैं । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२...
-
आईपीएलमा आज दुई खेल, गएराति हैदराबादले दिल्लीलाई हरायो
काण्ठमाण्डौ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय...
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको...
-
आईपिएल: पञ्जाब किंग्सलाइ मुम्बई इन्डियन्सले ९ रनले हरायो
काठमाडौं। पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति टस हारेर सुरुमा ब्याटिङको...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
साउदी अरेबियालाई छ विकेटले पराजित गर्दै नेपाल सेमिफाइलन प्रवेश
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ...