ताजा समाचार

 रोनाल्डोले गोल गरेपछि पराजित रियल सेमिफाइनलमा

रियलको घरेलु मैदानमा भएको सनसनीपूर्ण दोस्रो लेगमा ३ – १ को जित निकाले पनि युभेन्टस सेमिफाइनलमा पुग्न सकेन। दोस्रो लेगको अन्तिम समय १० खेलाडीमा सिमित युभेन्टसका लागि  मारियो मान्डुज्कीले दुई तथा ब्लेज माटूइडीले एक गोल गरे।

घरेलु मैदानमा भएको पहिलो लेगमा बेहोरेको ३–० को हारले युभेन्टस सेमिफाइनल पुग्नबाट बन्चित भयो। गत सिजनको फाइनलमा पनि युभेन्टस रियलसँग ४ – १ ले स्तब्ध बनेको थियो ।

रियलको सेमिफाइनल यात्रामा क्रिस्टियानो रोनाल्डो नायक बने। पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले दोस्रो लेगको इन्जुरी समयमा गोल गर्दै रियललाई अन्तिम चारको यात्रा तय गराए।

युभेन्टससँग ३–० ले पछि परेको अवस्थामा रोनाल्डोले इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको सेमिफाइनल यात्रा पक्का गराए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org