ताजा समाचार

आमिर खानको फिल्म ‘महाभारत’ मा दीपिका द्रौपदी बन्ने चर्चा

एजेन्सी -बलिउडका अभिनेता आमिर खानको फिल्म ‘महाभारत’ काे र्अौपचारिक घोषणा नभएपनि चर्चामा छ अहिले । आमिरले अाफ्नाे  फिल्ममा श्रीकृष्णको भूमिका गर्ने र दीपिका पादुकोणलाई द्रौपदीको भूमिकामा देखिने सम्भावना रहेकाे बताईएकाे छ।

यस विषयमा दीपिकासँग आमिरले अनौपचारिक कुरा गरिसकेको बताइन्छ । तर, दीपिकाले एस वा नो भनेकी छैनन् । ऐतिहासिक विषयमा आधारित फिल्म पद्मावतले व्यापक विवाद झेल्नुपरेको हुनाले उनी यसमा अक्मकाएकी हुन् ।

महाभारतमा रिलायन्स इन्डष्ट्रीका मालिक मुकेश अम्बानीले एक हजार करोड भारु लगानीगथर्ने चर्चा छ । उनी यो फिल्मको को प्रोडयूसर पनि हुनेछन् । महाभारतका पाँचवटा श्रृंखला बनाउने आमिरको तयारी छ । यसका लागि उनलाई १० वा १५ वर्ष लाग्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org