ताजा समाचार

चलचित्र ‘नाई नभन्नु ल ५’ मा निरुता सिंह देखिने

काठमाडाैं,१५ वैशाख । लामो समयको अन्तरालपछि नायिका निरुता सिंह नेपाली चलचित्रमा देखिने भएकी छिन् । निर्देशक विकास आचार्यले उनलाई ‘नाई नभन्नु ल ५’ मा छोटो भूमिकाका लागि अनुबन्धित गरेका छन् । उनी बालकलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा देखिनेछिन् ।

भारतको मुम्बईमा बस्ने निरुता ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नेपाल आएकी थिइन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । संभवत, निरुताको दृश्य छायांकन गरेपछि चलचित्रको छायांकनको काम सकिनेछ ।

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र भदौ ८ गतेबाट रिलिज हुनेछ । लामो समयपछि दर्शकले निरुतालाई छोटै भूमिकामा भएपनि पर्दामा हेर्न पाउने भएका छन् । निरुताले राम्रो कथामा अफर आए चलचित्र खेल्ने बताउँदै आएकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org