ताजा समाचार

अामा (श्रीदेवी )को साडी लगाएर अवार्ड लिन पुगिन्  जान्भी

दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा  दिवंगत बलिउड अभिनेत्री श्रीदेवीलाई फिल्म ‘मम’ का लागि सर्वोत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड दिइयो । अवार्ड समारोहमा श्रीदेवीका पति बोनी कपुर आफ्ना दुई छोरीहरु जान्भी र खुशीसहित पुगेका थिए ।  आयोजित समारोहमा  धेरैले जान्भीलाई नियालेर हेर । उनले आमा श्रीदेवीको साडी लगाएकी थिइन् । उनको व्यक्तित्वमा श्रीदेवीको झलक देखिएको थियो ।

फेसन डिजाइनर मनीष मल्होत्राले जान्भीको तस्वीर आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लगाएको क्रिम कलरको साडीमा पिंक बोर्डर छ । जान्भीले झुम्का र बिन्दी पनि लगाएकी थिइन् । अवार्ड समारोह सुरु हुनुभन्दा अगाडि बोनी कपुरले सञ्चारकर्मीसँग कुरा गर्दै श्रीदेवीले फिल्म र टिभी च्यानलहरुमा हमेशा जिवित रहने बताए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org